Tuesday, July 10, 2012

छैंटौ रोपाईं महोत्सव चाउथेमा

यहिनै हाम्रो गाई र खेत किसानको संसार मानो लाएर मुरी उब्जाउने आयो है असार .....रिमि र झिमि पानीमा पर्‍यो, रसायो मुल पनिकिसानलाई भनि उर्लेर आयो असारे भेल पनि ......नेपाल पर्यटन परिषदले आयोजना गरेको छैंटौ असारे महोत्सवमा वडा. नं १४ का समाज सुधार तथा महिला उत्थान आमा समूहको असारे गित सँगै पोखरा वडा.नं १४, चाउँथेमा शुरु भएको सारे महोत्सव गएको वर्षहरुमा भन्दा केहि भब्य सु सम्पन्न भएको छ । छोरेपाटनको मिरुवा फाँटमा शुरुको दुइ वर्ष गरे पछि , लेक साइडको खहरे, सेदीको वगर, लेखनाथको खुदीमा र हेम्जामा गरेपछि अहिले चाउँथेमा गरेको छ । असारे महोत्सव पर्यटन परिषदलेनै किन गर्‍यो त - " अहिले मानिसहरु खेतवारी बेचेर गाडी किन्नमानै वढि लालायित देखिन्छन् । बरु गाडी बेचेर खेत किन्नु पर्दछ भन्ने भावना यहाँको जनतामा चेतना जगाउनु अनि जति सक्दो पर्यटकहरुलाई यहाँ समावेश गराएर हाम्रो देशको खेती किसानीको वारेमा विभिन्न मुलुकमा हाम्रो पहिचान पुर्‍याउनु उद्देश्य महोत्सवको हो ।" नेपाल पर्यटन परिषदका अध्यक्ष बच्चुराम तिवारी भन्नु हुन्छ म सबै कृषकहरुलाई खेतवारी जोगाई राख्न अनुरोध गर्दछु । खेती राम्रो हुने ठाउँको जग्गा नबेच्न, बेच्नै परे पनि खेति अयोग्य जमिन बेच्न म अनुरोध गर्न चाहन्छु । आफ्नै ठाउँमा, आफ्नै जमिनमा उब्जेको जस्तो मिठो अनि पोषिलो वाहिर किनेको हुँदैन । त्यहि भएर आफ्नो जग्गा जमिन नवेच्न म सबै किसानहरुलाई विनम्र अनुरोध गर्दछु । पहिलो पटक आयोजना गर्दा मानिसमा त्यति उत्सुकता थिएन तर अहिले सबैमा निक्कै उत्सुकता भएको छ । धेरै भन्दा धेरै आन्तिरिक पर्यटनले महोत्सव अवलोकन गर्न आउनु भएको छ । वहाँले यसो भनि रहँदा त्यहाँ लगभग दुइ हजारको हाराहारीमा मानिसहरु रोंपाई महोत्सव अवलोकन गरि रहेको थियो । मानिसहरुको आउने जाने क्रम पनि निक्कैनै थियो । पर्यटकको क्षेत्रमा अब कृषकहरु पनि सहभागी बनाउनु पर्दछ भन्ने हाम्रो मान्यता हो । पर्यटक भित्रयाउनु मात्र ठुलोकुरो होइन । उनीहरुलाई खाना दिन सक्नु पर्दछ । जुन ठाउँमा उब्जनीहुन सक्दैन त्यहाँ घर बन्नु पर्दछ जहाँ उब्जनी हुन्छ त्यहाँ खेती गर्नु पर्दछ। वीउ सबै उखेली सक्यो व्याटे गरा भो खालीकुनामा हली, छेउमा बाउसे, विचमा खेताली........पोखरा सबै मौसमका लागी भन्ने हाम्रो मुल नारा लाई लिएर महोत्सव शुरु भएको हो । " यो अहिलेको सिजन भनेको पर्यटक आउने सिजन होइन तर जुन सुकै मौसमको लागि पोखरा उपयुक्त छ भन्नको लागी यो महोत्सवको आयोजना गरिएको हो ।" अध्यक्ष तिवारीको भनाई थियो । "अबका दिनहरुमा यी यस्ता कार्यक्रमहरुको जानकारी हामीले वेब साइडमा राखेर पहिलेनै यस्तोकुराहरुको जानकारी दिने सोंच बनाएका छौं । जसले गर्दा पर्यटकहरु रोपाईं महोत्सवकै लागि भनेर आओस् ।" छैंटो असारे महोत्सबमा अमेरीकन प्रोफेसरहरुको समूह लगायत अन्य ठाउँवाट गरेर लगभग ३५ जनाको त्यहाँ उपस्थिति रहेको थियो । कार्यक्रमको सभापति बच्चु राम तिवारी, प्रमुख अतिथि स्थानिय १०१ वर्षीय दधिराम विश्वकर्मा, विषेश अतिथिमा रबिन्द्र अधिकारी, सि.डब्लु.एसका प्रमुख डग्लस रहेको थियो । श्रीलाल सुवेदीको स्वागत मन्तव्यसँगै सुरु भएको उक्त कार्यक्रममा दधिराम विश्वकर्माले हलो जोतेर उद्घाटन गरेका थिए । कार्यक्रमको प्रमुख आर्कषणको रुपमा रहेको रसी तानी महिला तर्फ समाज सुधार तथा महिला उत्थान आमा समुह वडा.नं १४ प्रथम, पुरुष तर्फविष्णु दवाडी वैदाम समुह प्रथम, खेत सम्याउनेमा सुरेन्द्र लामिछाने प्रथम, भक्त के.सी दितिय, दुर्गा वानिया तृतिय, महिला दौडमा पार्वती थापा प्रथम, सरला खड्का दितिय, विष्णु वि.क तृतिय, पुरुष तर्फ शम्भु थापा प्रथम, वुद्धि भण्डारी दोस्रो, अमृत कार्की तेस्रो, भएको थियो । पर्यटन दौडमा माइकल (अष्ट्रेलिया ) प्रथम, डेनियर (जर्मनी) दोस्रो, इन (वेलायत) तेस्रो, चार्ली (अष्ट्रेलिया) चौथो, मेलियम (जर्मनी) पाँचौ भएको थियो । असारे गीत र रोपाइमा संकल्प आमा समुह विरौटा प्रथम, शिवशक्ति आमा समुह छिने डाँडा दोस्रो, र समाज सुधार तथा महिला उत्थान आमा समुह वडा.नं १४ तृतिय भएको थियो । " धर्ति आमा हो । आमालाई नबेच्नुस, नेपाल साह्रै राम्रो देश हो । यहाँको भुमि ज्यादै उर्वरा रहेको छ । यहाँ धेरै उब्जनी हुन्छ । यहाँको खेतहरुमा रसायनिक मल हालेर वाली नउब्जाउनुस् । रसायनिक मलले यहाँको माटोलाई विगार्छ । अहिले नेपालमा बढिमात्रमा प्लटिङ गर्ने होड चलिरहेको छ । त्यो साह्रै नराम्रो हो । त्यो ठाउँमा त धान, मकै, रोप्ने हो जसले हामीलाई खाना दिन्छ । यहाँ यति धेरै जग्गा जमिन छ, आफैंले उब्जाएर खानु पर्दछ किनेर हैन । " सि.डब्लु.एसका प्रमुख डग्लस को भनाई हो यो । नेपाली भाषामा अत्यन्त राम्रोसँग बेलेका डग्लसको भनाईलाई र्समर्थन गर्दै उपस्थित सबैले ताली बजाएर वहाँको कुरामा सहमती जनाएको थियो । हो हो माले हो हो हो हो तारे हो हो हरियो डाँडा माथि हालो जोत्ने साथी जनकवि केसरी धर्मराज थापाले रचेर गाउनु भएको यो गीत कम लोकप्रिय छैन नेपालीहरुको माझमा । नेपालमा ८० % जनताहरु कृषिमानै आश्रीत रहेको छ । मानो लगाएर मुरी उब्जाउने किसानहरुको यहि वेला हो । यसरी रोपाई महोत्सवको आयोजना गरेर नेपाल पर्यटन परिषदले किसानहरुलाई गुन लगाएको छ । यो मानेमा कि किसान भनेको अन्नदाता हो भन्ने कुरा देश विदेशमा पुर्‍याउने जमर्को यो संस्थाले गरिदिएको छ । निधारमा रातो टिका, कानमा फूल, गलामा माला अनि हातमा धानको विउ सँगै स्थानियहरुको नौमती बाजाको ताल अनि भजनको तालसँगै स्वागतमा रमाई रहेका विदेशी पर्यटकहरुले उक्त महोत्सववाट निक्कै मजा लिई रहेको थियो । पोखरामा धेरै किसिमको महोत्सवहरु भई रहन्छ । सबै आ आफ्नै किसिमको हुन्छ जसले व्यक्ती वा संस्थालाई मात्रा फाईदा पुर्‍याउछ । तर यो यस्तो महोत्सव हो जसले किसानहरुलाई फाइदा पुर्‍याएको छ । व्याक्तिगत अनि संस्थागत स्वार्थ भन्दा माथि उठेर यो संस्थाले जनताको हितमा काम गरेको छ । यो कामको लागि उनीहरुलाई र नेपाल पर्यटन परिषदलाई धन्यवाद दिन करै लाग्दछ । source http://www.pokharacity.com/ By: Bhupal Gurung/ Picture : Ram Gurung (Pokharacity.com)

No comments:

Post a Comment